काठमाण्डाै ९ मा अग्रता बढाउँदै सूर्य, पछ्याउँदै घण्टी
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. ९ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार यस क्षेत्रमा सूर्य चिन्हमा २२५२ मत परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २१७१ मत प्राप्त गरेको छ ।
यस क्षेत्रमा हँसिया हताैडामा ११७९ मत पर्दा पुतली चिन्हमा ३७, पाइला चिन्हमा ४३, मादल चिन्हमा ५६, लाैरो चिन्हमा १४३, घर चिन्हमा २, हलो चिन्हमा ९०१, करूवा चिन्हमा ९, साइकल चिन्हमा ८, खर्पन चिन्हमा ९ र छाता चिन्हमा १३५ मत परेको बताइएको छ ।














