काठमाण्डाै ९ मा १० हजार मत गनियो, तेश्रो बन्न हँसिया हताैडा र हलोबीच प्रतिस्पर्धा
थानकोट ।
काठमाण्डाै ९ मा १० हजार ६ सय ७६ मत गणना भएको छ । करिब ४४ हजार मत खसेको यस क्षेत्रमा नेकपा एमालेले अग्रता कायमै राख्दा राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ ।
काठमाण्डाै क्षेत्र नं. ९ मा हालसम्म सूर्य २८११ मत, हँसिया हताैडा १५०० मत, छाता ३०० मत, मादल ४७० मत, साइकल २४ मत, कम्प्युटर ६ मत लाैरो ३९० मत, घर २४ मत, पाइला ४६७ मत, करूवा ६९ मत, घण्टी २६५९, कैची ५ मत, मुडा १८ मत, टेलिभिजन ५ मत, तराजु २८ मत, खुकुरी क्रस २८, पुतली २०५ मत, माछा ७० मत परेको छ ।
जहाँ ४४६ मत बदर भएको छ ।














