मुस्ताङमा मतगणना सकियो, कांग्रेसको क्लिन स्वीप

Thankot Times

थानकोट ।

२०७४ सालको निर्वाचनमा मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ सबै सिट जितेको नेकपा एमालेले यसपटक सबै सिट गुमाएको छ । सत्ता गठबन्धनका साथ लिएर उठेका नेपाली कांग्रेसले एमालेको गढ भत्काउँदै नयाँ इतिहास कायम गरेको हो ।

मुस्ताङको प्रतिनिधि सभातर्फ कांग्रेसले पहिलो जित निकालेको हो ।

यहाँ कांग्रेसका योगेश गौचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

यो क्षेत्रमा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याए । तुलाचन ०७४ सालमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, यसपटक उनी २९ वर्षीय गौचनसँग पराजित भए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ