काठमाण्डाै १० मा अग्रता फराकिलो पार्दै रूख, १४ हजार मतगणना हुँदा करिब ६ सय मत बदर
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. १० को मतगणना कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा जारी छ ।
अहिले कीर्तिपुर नगरपालिका क्षेत्रको मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता थप मजबुत बनाउँदै लगेको छ ।
कुल १४१४३ मत गणना भइसक्दा रूखमा चिन्हमा ३९८३ मत परेको छ । सूर्य चिन्हमा २४२७, घण्टी चिन्हमा २८८३, हँसिया हताैडा चिन्हमा १२७८ मत परेको छ ।
त्यस्तै हलोमा १४७१ मत पर्दा मादल मा ९८१ मत परेको छ । लाैरोले १४४ मत पाउँदा करूवामा १०० मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















