काठमाण्डाै क्षेत्र नं ९ मा करिब ३० हजार मतगणना सकिँदा अग्रता फराकिलो पार्दै सूर्य
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. ९ को मतगणना रविभवनस्थित न्याथम भवनमा जारी छ ।
यस क्षेत्रको करिब ३० हजार मतगणना भइसक्दा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।
पछिल्लो विवरण अनुसार यस क्षेत्रमा २९४६९ मत गणना भइसक्दा सूर्य चिन्हमा ८१९२, घण्टी चिन्हमा ७२७८, हँसिया हताैडा चिन्हमा ४४८७ तथा हलो चिन्हमा २९३८ मत परेको छ ।













