काठमाण्डाै क्षेत्र नं. १० को समानुपातिकमा घण्टी अगाडी
थानकोट ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी रहँदा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। मध्यान्हसम्म कीर्तिपुर नगर क्षेत्रको मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समानुपातिकतर्फ प्रतिनिधि सभातर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।
८ हजार ४ सय ४१ मत गणना हुँदा घण्टी चिन्हमा २०२४, रूखमा १९९०, सुर्यमा ११५३, हलोमा १०५६, हसिया हथौड़ामा ८४२, मादलमा ४७९, कलममा १२७, लोैरोमा १५५ मत पर्दा बदर भएको मत संख्या २३६ रहेको छ ।
अहिले कीर्तिपुर वडा नं. ४ सम्मको मतगणना सकिएको छ ।













