काठमाण्डाै १०मा सूर्य चिन्ह दोश्रो स्थानमा उक्लिँदा रूख २७६९ मतले अघि
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी छ । हालसम्म यस क्षेत्रको २५ हजार ७३७ मत गणना सकिँदा नेकपा एमाले दोश्रो स्थानमा उक्लिएको छ ।
पछिल्लो विवरण अनुसार दक्षिणकाली नगर नगर क्षेत्रको मत गणना भइरहँदा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
हालसम्म ७६२७ मतसहित नेपाली काँग्रेसले अग्रता कायम राख्दा ४८५८ मतसहित नेकपा एमालेले पछ्याइरहेको छ । घण्टी चिन्हमा ४६६० मत परेको छ भने हँसिया हथाैडाले २४८१ मत पाएको छ ।
त्यस्तै, हलो चिन्हमा २५६३ मत पर्दा मादल चिन्हमा १६९७ मत परेको छ ।














