काठमाण्डाै क्षेत्र नं १० प्रदेश १ मा नेपाली काँग्रेसका पुकार महर्जन विजयी, राप्रपा दोश्रो
थानकोट ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति पुकार महर्जन लगातार दोश्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
मंगलबार घोषणा भएको काठमाण्डाै क्षेत्र नं. १० प्रदेश क को अन्तिम मतपरिणाम अनुसार महर्जनले १००८२ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका उमेश सापकोटाले ७४०० मत पाए ।
महर्जन २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
अहिले सोही क्षेत्रको प्रदेश ख तर्फको मतगणना जारी छ ।














