मकवानपुरमा सुमो दुर्घटना हुँदा १ जना यात्रीको मृत्यु

Thankot Times

थानकोट । 

हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरको सल्लेमा काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  ।

बुधबार दिउँसो  वीरगन्जबाट काठमाडौं आउँदै गरेको टाटा सुमो इन्द्रसरोवर गाउँपालिका-२ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ​

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको थियो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ