काठमाण्डाै क्षेत्र नंं १० को प्रदेशतर्फको समानुपातिकमा पनि रूख अगाडी, हलो तेश्रो स्थानमा

Thankot Times

थानकोट ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश तर्फको समानुपातिक मतगणना जारी छ ।

प्राप्त विवरणहरू अनुसार प्रदेश सभा सदस्यको समानुपातिकमा पनि नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

ताजा अवस्थामा ४२२०६ मतगणना सम्पन्न हुँदा रूख चिन्हमा १०३५७ मत परेको छ भने सूर्य चिन्हमा ८९८५ मत परेको छ । हलोले ८५६९ मत पाउँदा हँसिया हथाैडामा ४२५० मत परेको छ । मादलले २५९१ मत पाएको छ । कलम चिन्हमा ८६६ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *