काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश सभा सदस्यको समानुपातिक पनि रूख पहिलो
थानकोट ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना देशभर जारी छ । काठमाण्डाै क्षेत्र नंं. १० मा समानुपातिक तर्फको मतगणनासमेत सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रको प्रदेशतर्फ पनि काँग्रेस अन्य दलभन्दा अघि भएको छ ।
यस क्षेत्रको दुवै प्रदेश क्षेत्रमा खसेको कुल ५३४८१ समानुपातिक मतमध्ये ५०४४२ मत सदर भएको थियो ।
जहाँ रूख चिन्हमा १२९०९, सूर्यमा ११९८१, हलोमा १०९५८, हँसिया हथाैडामा ४९०२, मादलमा २८४१ मत परेको छ ।
रास्वपाले भने प्रदेशतर्फ देशभर उम्मेदवारी दिएको छैन् ।















