माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा सदस्यमा निर्वाचित
थानकोट ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए ।
नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।














