नवनिर्वाचित सांसदलाई मेयर बालेनले बधाई दिए

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचित काठमाडौंका १० वटै क्षेत्रका सांसदलाई बधाई दिएका छन्। बिहिबार सामाजिक सञ्जालमार्फत उनले बधाई दिएका हुन् ।

उनले महानगरलाई सुन्दर र समतामुलक बनाउन सबैको साथ आवश्यक हुने उनले बताएका छन्।

‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ। निर्वाचितहरुलाई बधाई र शुभकामना छ। काठमाण्डौँ महानगरपालिका देशकै राजधानी हो। देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै विषयहरुमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ,’ बालेनले भनेका छन्।

उनले सांसदहरूसँग महानगरले सहकार्य गर्ने पनि बताएका छन्।

‘काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दीगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ। तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तर सम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दीगो समाधान गर्न गाह्रो हुन्छ। खोला किनार ब्यबस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदी समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ,’ उनले भनेका छन्, ‘काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ। तपाईहरुसँग सहकार्य गरेर काठमाण्डौँ बनाउन हामी आतुर छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *