प्रधानमन्ती देउवा र प्रचण्डसँग ‌ओलीकाे टेलिफाेन संवाद

Thankot Times

थानकोट । अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्।

ओलीले निर्वाचनमा डडेलधुराबाट विजयी भएका प्रधानमन्त्री देउवा र गोरखा–२ बाट विजयी भएका दाहाललाई बधाई दिन टेलिफोन गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।

टेलिफोन संवादका क्रममा देउवासँग शुभकामना साटासाट मात्रै भए पनि प्रचण्डसँग केही राजनीतिक कुराकानी भएको बताइएको छ। कुराकानीका क्रममा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर अगाडि बढ्न प्रस्ताव राखेका छन्।

प्रचण्डले यसबारे बसेर कुरा गर्नुपर्ने र त्यसका लागि कुनै समस्या नभएको प्रतिक्रिया दिएको बताइएको छ। यद्यपि आफूहरू गठबन्धनमा रहेको भन्दै प्रचण्डले नतिजा आइसकेपछि छलफल गर्नु उपयुक्त हुने धारणा ओलीसमक्ष राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *