पातलेवन रिसोर्टमा सलोन र करिष्माको मेहेन्दी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ निवासी नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदैछन्। सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आँटेका हुन। करिष्मा पेसाले एयर होस्टेस हुन।

मंसिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि-२ स्थित पातलेवन रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भएको छ।

मेहेन्दी समारोहमा करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका थिए। सो समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको थियो । सो क्रममा भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा सहभागी हुन पातलेवन पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *