यस्तो छ आजको मौसम पूर्वानुमान
थानकोट ।
मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।
प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।














