गाडी र मोटरसाइकल जुध्दा भक्तपुरमा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

गाडी र मोटरसाइकल जुध्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।

शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते  भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

>गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *