बागमती प्रदेशसभा: एमाले खुम्चँदा काँग्रेस फाइदामा
थानकोट ।
बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मत गणना कार्य सम्पन्न भइसकेको छ । प्रदेशका प्रत्यक्ष तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये दोलखाको २ क्षेत्रको मतगणना कार्य सुरु हुनसकेको छैन्।
अन्य जिल्लाको भने मत परिणाम नै सार्वजनिक भइसकेको छ ।
हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ ।
कांग्रेसले २४ सिटमा हात पार्दा नेकपा माओवादी केन्द्रले १४ सिटसहित दोस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ भन राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १-१ सिट जितेको छ ।
गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठुलो दलको रूपमा रहेको थियो । उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिक सहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो ।
तत्कालीन समयमा बाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो । सो निर्वाचनमा कांग्रेसले काठमाडौँको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो ।
यस पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ । गत निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १२ सिट मात्र जितेको छ ।














