गेष्ट हाउसमा मृत फेला परे कुमारचन्द्र

Thankot Times

थानकोट । 

काठमाडौंको माछापोखरीस्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमारचन्द्र कोइराला मृत फेला परेका हुन् ।

मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *