विवाहमा विदेशी संस्कार हाबी भएको भन्दै हास्यशृंखलामार्फत कटाक्ष

Thankot Times

थानकोट ।

मंसिर लागेसँगै विवाहको मौसम सुरु भएको छ । पछिल्लो समय विवाह संस्कारमा आएको विदेशी प्रभावलाई लिएर कतिपय चिन्तित पनि छन् ।

जीवनमा एकपटक गर्ने विवाहलाई किन धुमधामले नगर्ने भन्दै एकथरी खर्चिलो प्रवृत्तिलाई बढावा दिइरहेका छन् । यो प्रवृत्तिलाई कटाक्ष गर्दै हास्य टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ले विवाह विशेष एपिसोड तयार पारेको छ ।

चुनावको समयमा चुनावको कथावस्तुमा केन्द्रित भएका हास्यश्रृंखला यसपटक विवाह केन्द्रित भएका छन् । कतिपयले विश्वकप फुटबलको कथावस्तुमा आधारित रहेर श्रृंखला निर्माण गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *