चीनका पूर्व राष्ट्रपति चियाङ सेमिनको ९६ वर्षको उमेर निधन

Thankot Times

थानकोट ।

छिमेकी राष्ट्र चीनका पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ ।

चीनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चीनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चीनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए ।

सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उनी चीनका सर्वोच्च नेता बनेका थिए ।

उनी सर्वोच्च नेता भएपछि नै चीनका तीन लाखभन्दा बढी उद्योगहरूमाथि सरकारको एकाधिकारलाई खुकुलो बनाउँदै निजीकरणमा लैजाने योजनाको सुरू भएको बताइन्छ ।

यससँगै अमेरिकासँग रहेको चीनको तिक्तापूर्ण सम्बन्ध सुधारमा पनि चियाङको महत्वपूर्ण भूमिका रहेको थियो । उनी सन् १९९७ मा सम्पन्न चीन–अमेरिका सम्मिटमा सहभागी भएर चीनका विषयमा उठिरहेको मानवअधिकारको विषयमा बोलेका थिए ।

उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *