यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *