सञ्चारमन्त्री कार्की विजयी सुनसरी-४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली काँग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे ।

कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।

०७४ सालको निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *