काठमाडौंमा दिउँसै घरमा चोरी गर्ने राजु समातिए

Thankot Times

थानकोट ।

चोरी गरेको आरोपमा काठमाडौंमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङलाई चोरी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले जानकारी दिए। 

उनका अनुसार तामाङले बौद्ध, कपन जस्ता एरियामा दिउँसै चोरी गर्ने गरेका थिए। 

तामाङले चोरी गरेको ४ लाख ८१ हजार ६५० रूपैयाँ र विभिन्न औजारसहित मंगलबार नियन्त्रणमा लिएको एसएसपी बोहोराले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

एसएसपी बोहराका अनुसार उनी पटकपटक पक्राउ परिसकेका छन्।

उनी विभिन्न समयमा धरौटी बुझाएर छुटेका आरोपित व्यक्ति हुन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *