बागमती प्रदेश सभामा कम्तीमा ६ दलको प्रतिनिधित्व, कांग्रेस पहिलो दोस्रोमा माओवादी
थानकोट ।
बागमती प्रदेश सभामा कम्तीमा सात वटा राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन्।
निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेश सभामा नेपाली काँग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ ।
यस प्रदेशमा नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो स्थानमा रहेको नेकपा एमाले १२ सिटसहित तेस्रो स्थानमा रहेको छ ।
राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सात सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १-१ सिटमा विजय हासिल गरेका छन् ।














