यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही रहनेछ ।

तराईका  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले  अनुरोध गरेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *