कलंकी-नागढुंगा सडक विस्तारको ठेक्का तोड्ने चेतावनी

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका अलपत्र परेका पाँच सडक आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएको छ । कलंकी-नागढुंगा सडक विस्तार, चाबहिल-जोरपाटी-साँखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो ।

पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ । कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा-शैलुङ-कान्छाराम जेभीले ठेक्का लिएको छ ।

चाबहिल-जोरपाटी-साँखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली, दोस्रोमा बज्रगुरु-छ्यांमिला-खानी जेभी र तेस्रो बज्रगुरु/बिरुवा/खानी जेभीले लिएका छन् ।

नख्खु खोला-भैसेपाटी-बुंगमती सडकको ठेक्का आशिष/बिरुवा/सिएम जेभीले लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ