जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Thankot Times

थानकोट ।

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

विवाह महोत्तरीको पिपरा गाउँपालिकास्थित गमहरियाबाट इटहरी फर्किंदै थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा ३ महिला, १ बालक र १ पुरुष छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *