नेकपा महासचिव विप्लवलाई मातृशोक

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृशोक परेको छ। उनकी ९३ वर्षीया आमा आशिकादेवी चन्दको आज बिहान नौ बजे कपिलवस्तु शिवगढीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही दिनअघि बुटवलमा उपचार गरी उनलाई घरमा लगिएको थियो। उनका ३ छोरा र ४ छोरी थिए।

तीमध्ये जेठो छोरा चन्द्रबहादुर चन्द र एक छोरीको निधन भइसकेको छ। विप्लव कान्छा छोरा हुन् भने माइलो छोरा जयन्द्र चन्द नेकपानिकट खेलकुद महासंघको अध्यक्ष छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *