मुख्यमन्त्रीको हस्तक्षेपले बागमती प्रदेशको सवारी ट्रायलमा अंक प्रणाली फेरि रोकियो

Thankot Times

थानकोट । 

बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा पुनः रोक लगाएको छ । मुख्यमन्त्री कार्यालयको पटक-पटकको हस्तक्षेपका कारण उक्त प्रणाली लागू हुन सकेको छैन् ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी अनुमतिपत्रसम्बन्धी नयाँ प्रणाली आइतबारदेखि लागू गर्ने तयारी पूरा भइसकेका बेला मुख्यमन्त्री कार्यालयले शुक्रबार पत्र पठाएर यसलाई तत्काल लागू नगर्न भनेको छ ।

प्रदेश यातायात मन्त्रालयले अंक प्रणाली लागू गर्न निर्देशन जारी गरेलगत्तै मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजधानीमा लाइसेन्सको परीक्षा सञ्चालन गर्ने चारवटा यातायात कार्यालय प्रमुखलाई जावलाखेलस्थित सुशासन कार्यालयमा बोलाएर शुक्रबार अंक प्रणाली लागू नगर्न भनेका थिए । मन्त्रालयले भने सातबुँदे निर्देशनसहितको पत्र पठाएर यातायात कार्यालयलाई अंक प्रणाली मिलाउन भनेको भोलिपल्ट मुख्यमन्त्री कार्यालयले रोक्ने निर्देशन दिएको हो, इकान्तिपुरमा खबर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *