बिजुलीको खम्बामा झुन्डिएका तार हटाउन व्यवसायीको आनाकानी

Thankot Times

थानकोट । 

नेपाल विद्युत प्राधिकरणको खम्बामा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटक-पटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् ।

कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो । सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ । 

निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि दूरसञ्‍चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणले चेतावनी दिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *