कांग्रेसले माग्यो अन्तरघातीको सूची

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ ।

कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।

जिल्ला एंवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *