ग्वार्काे चोकमा बन्ने भयो ४ सय ९० मिटर लामो फ्लाइओभर, लागत १७ करोड ६ लाख
थानकोट ।
काठमाण्डाै चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्काे चोकमा फ्लाइओभर निर्माणको कामलाई तत्काल अघि बढाउने तयारी गरिएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले डिजाइनको काम सम्पन्न गरेको छ भने आगामी शुक्रबार निर्माण सुरू गर्ने जानकारी गराएको छ ।
यस प्रकारकाे फ्लाइओभर नेपालमा निर्माण गर्न लागिएको पहिलो हो । ईपीसी मोडेलमा निर्माण गर्न लागिएको फ्लाइओभरको निर्माण आरसी, समानान्तर र रेलिग्रे जेभीले गर्दैछन् ।
फ्लाइओभरको काम आगामी २० महिना सकिने जनाइएको छ ।
२०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु गरिएकोमा निर्माणको काम सुरू भएको २० महिनामा सकिने उल्लेख छ ।
स्वदेशी लागतमा निर्माण गर्न लागिएको फ्लाइओभर १७ करोड ६ लाख रुपैयाँ निर्माण सम्पन्न हुने सम्झौता गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ ।
फ्लाइओभरको लम्बाइ ४९० मिटर हुनेछ ।












