नयाँ नैकापमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
खङ्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजीको सहयोगमा आयोजना हुने सो शिविरमा मृगाैला, मुत्र प्रणाली, प्रोष्टेट ग्रन्थी वृद्धि लगायतको जाँच हुने वडाध्यक्ष राजभाई महर्जनले जानकारी दिनुभयो ।
मंसिर २४ गते शनिबार बिहान ९ देखी अपरान्ह २ बजेसम्म शिविर नयाँ नैकापस्थित स्वास्थ्य चाैकीमा सञ्चालन हुनेछ ।













