कांग्रेस नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। ठमेल चाक्सीबारीस्थित सिंह निवासमा दुई नेताहरुबीच सोमबार भेटवार्ता भएको हो।

भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ।

मंसिर ४ गतेको निर्वाचनमा नेता सिंह काठमाडौं १ तथा श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *