सांसद् दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

Thankot Times

थानकोट ।

मनाङ प्रदेश सभा-२ बाट निर्विरोध निर्वाचित राजिव गुरुङ उर्फ दिपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनले विज्ञप्ति जारी गरी पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भइ आजैका मितिबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीमा आबद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरूप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु ।‘

गुरुङले पार्टीमा प्रवेश गरेपछि राजनीति कमाउनका लागि होइन सेवाभावले निःस्वार्थ रूपमा जनताप्रति समर्पित भएर गरिने कार्य रहेको बताए । ‘यसलाई विकृत हुनबाट जोगाउन आजको आवश्यकता र हाम्रो दायित्त्व हो,’ उनले भनेका छन्,’ यहीँ कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिए ।

परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठन भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *