आजको मौसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमामा उल्लेखनीय मौसमी प्रणाली छैन्।

मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *