मुग्लिन नजिकै ट्रक पुलमुनि खस्दा चालक सन्तबहादुरको मृत्यु (भिडियो)

Thankot Times

थानकोट ।

नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट मंगलबार बिहान खाली ट्रक नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा. २ ख. ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए।

उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *