मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो
थानकोट ।
मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ।
कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए।
उनले भनेका छन्, ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको छ।’
गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो ।
बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो । मङ्सिर १२ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए, रातोपाटी अनलाइनमा खबर छ ।












