सवारीसाधनको अघिल्तिरको सिसा झिलीमिली पार्ने माथि नागढुङ्गामा ट्राफिक प्रहरीको एक्सन

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री हटाउन शुरू गरेको छ ।

सोमबार र मंगलबार चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा गरिएको सवारी जाँचमा छोटो तथा लामो दुरीमा संचालन हुने सवारी साधनको अगाडी सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर लगायतका सामाग्री हटाइएको हो । सो क्रममा २८ वटा सवारी साधनबाट ती सामाग्रीहरू हटाइएको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

सवारी साधनमा राखिएको झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने र आफु भन्दा अगाडीको सवारी साधन सँगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दुरी) कायम राख्न नसकि सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले झल्लर तथा स्टिकर हटाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधनको सिसाको भागमा विभिन्न सामाग्री राखिएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरीने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *