चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज गिरी र रविन्द्रसिंह बानियाँको मनोनयन

Thankot Times

थानकोट ।

नेपाली फिल्म निर्माताहरुको छाता संस्था चलचित्र निर्माता संघले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए ।

यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *