विश्वकपको क्वार्टरफाइनल समीकरण

Thankot Times

थानकोट ।

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

क्वार्टरफाइनल खेल मंसिर २३ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिलले क्रोएसियासँग कतारको एजुकेसन सिटी रंगशालामा राति ८ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । राति १२ः४५ बजे अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वार्टरफाइनल खेलमा पोर्चुगलले मोरोक्कोसँग २४ गते शनिबार राति ८ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । त्यही रातको १२ः४५ बजे फ्रान्सले इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले सेनेगललाई ३-० गोलले हराउँदै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो ।

क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानलाई ३-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । यता, ब्राजिलले भने दक्षिण कोरियालाई ४-१ ले हराउँदै क्रोएसियासँग भेट पक्का गरेको हो ।

२०१० को विश्वकप विजेता स्पेनलाई मोराेक्कोले पेनाल्टी सुटआउटमा ३-० ले स्तब्ध बनाउँदा प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ