आईसीसी विश्वकप लिग-२: नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य
थानकोट ।
आईसीसी विश्वकप क्रिकेट लिग-टु मा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम नामिबियाले नेपाललाई ठूलो लक्ष्य दिएको हो ।
नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७५ रन बनाएको बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतक बनाए । उनले १११ बलमा १५ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए । यस्तै, कप्तान जेरार्ड इरास्मुसले ५३ र जान निकोल लोफ्टिई इएटनले ४० रन बनाए ।
बलिङतर्फ ललितनारायण राजवंशीले चार विकेट लिए । सोमपाल कामीले दुई विकेट लिए ।
विजयी लक्ष्य पछ्याउन नेपालले केही बेरपछि ब्याटिङ थाल्नेछ ।













