कलंकीसहित काठमाडौंका ५० खुल्ला र सार्वजनिकस्थलको एकैपटक सफाइ

Thankot Times

थानकोट । 

२८औं महानगर दिवसको अवसरमा पारेर काठमाडौं महानगरपालिकाका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकैपटक सरसफाइ गरिएको छ। 

महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाइमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठ मन्दिरलगायत क्षेत्रको सफाइ गरिएको महानगरले जनाएको छ।

सफाइबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट एक सय मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिइन्। ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको महर्जनको भनाइ छ। 

वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भूइँ सफा गर्न जेट मेसिन परिचालन गरेको थियो। जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भूइँमा पानी हालेर सफा गरेको थियो।

चार फरक क्षेत्रमा ब्रुमरको प्रयोग गरेर धुलो बटुलिएको थियो। स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डल, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *