रुखले किचेर एक पुरुषको मृत्यु
थानकोट ।
रुखले किचेर काभ्रेपलाञ्चोक जिल्लामा एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका-४ रातोपहिरो बस्ने ५३ वर्षीय नारायणप्रसाद चौलागाईं रहेका छन्।
आफ्नै बारीमा रुख काट्ने क्रममा किचेर शुक्रबार विहान उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












