बिरामी छोरीलाई भेट्न गएकी थिइन्, अस्पतालको तीन तलाबाट खसेर बितिन्

Thankot Times

थानकोट ।

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो।

‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,’ उनले भने, ‘छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो।’

कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *