बागमतीसहित चार प्रदेशको समानुपातिकमा कांग्रेसमा कुरा मिलेन

Thankot Times

थानकोट । 

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको समानुपातिक सांसदमा सहमति जुटाएको छ । तर, प्रदेश १, मधेस, बागमती र लुम्बिनीको समानुपातिक सांसदमा भने सहमति हुन सकेको छैन् ।

सहमति नजुटेको प्रदेशबारे निर्णय लिन पदाधिकारी बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार अब केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बस्नेछ ।

उनले प्रतिनिधिसभाको अन्तिम टुंगो लगाउन धेरै तलमाथि गर्ने ठाउँ नभएको बताए ।

पहिले निर्वाचन आयोगमा पेश गरिएको बन्दसूचीको प्राथमिकताको आधारमा हुने जानकारी दिए ।

उनले पदाधिकारी र समितिका सदस्यहरूसँग छलफल गरी सभापति शेरबहादुर देउवाले अन्तिम सूची आयोगमा पठाउने बताए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *