मंगोलियाको चितुवा सगरमाथा क्षेत्रमा बसेको फोटो बनाइएपछि..

Thankot Times

थानकोट । 

हिउँ चितुवाको ‘फेक फोटो काण्ड’मा अर्को तथ्य बाहिर आएको छ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले खिचेको भनिएको तस्वीरलाई नक्कली साबित गरिदिएको अल्पाइन म्यागेजिनले यसैसम्बन्धी अर्को तथ्य पत्ता बाहिर ल्याएको हो । अब याे फोटो चोरीको मुद्दा बनेको छ ।

पावलोव्स्कीले खिचेको भनिएको तस्वीर वास्तवमा मंगोलियाका वाइल्डलाइफ फोटोग्राफर भिन्सेन्ट कार्डियरले खिचेका रहेछन् । सोही तस्वीरलाई जोडजाड गरी कथित कितिया पावलोव्स्कीले सगरमाथाको जस्तै देखाएको अल्पाइनको रिपोर्टमा उल्लेख छ । 

ल हेर्नुहाेस्, कस्तो फोटोलाई सम्पादन गरेर कस्तो बनाइएको रहेछः 

पहिलाे फाेटाे मंगाेलियन फाेटाेग्राफरकाे सक्कली हाे । कितिया पावलाेव्स्कीले साेही फाेटाेबाट एउटा हिउँ चितुवा क्रप गरी ब्याकग्राउण्ड मिलाएर नेपालमा खिचेकाे भनी प्रचार गरेकी थिइन् । 

हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले यसअघि चर्चित फाेटाेकाे ‘फ्याक्ट चेक‘ गरेकाे थियाे । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *