कलंकीनजिकै कन्टेनरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु

Thankot Times

थानकोट ।

कन्टेनर गाडीको ठक्करबाट हलचोकमा स्कुटर चालकको मृत्यु भएको छ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिका-१५ हलचोकमा कन्टेनर गाडीले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ग.२ ख ६१० नम्बरको कन्टेनरले बा.प्र.-०२-०२२ प १८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका-११ का ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *