आजको मौसम पूर्वानुमान, पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमामा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ । राती भने  लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *